७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलबस्तु प्रहरीको चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना



भुपाल थापा, कपिलबस्तु, १३ असोज ।
दशैँ, तिहार र छठ पर्बलाई मध्यनजर गर्दै कपिलबस्तु प्रहरीले विशेष सुरक्षा योजना सुरु गरेको छ । शहर बजारका मुख्य मुख्य स्थान, ग्रामिण क्षेत्रमा गस्ती देखि तौलिहवा, चन्द्रौटा, कृष्णनगर लगायतबाट पुर्ब पश्चिमका लागी छुटने सार्बजनिक रात्री सवारीसाधनमा हतियार सहितका टोली रहने समेतका योजना सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताउनुभयो ।

सर्बसाधारणले चाडपर्ब राम्ररी मनाउन सकुन, घर जाने यात्रुहरुको यात्रा सुरक्षित होस, शहर गाँउबस्तीमा शान्ती होस भन्ने हाम्रो उद्धेश्य हो, चाडबाडमा मात्र नभई सधैभरी शान्ति सुरक्षाको प्रत्याभुती जनताले गर्न सक्नु पर्छ, भन्ने मान्यता हो, प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो । अन्य समयमा भन्दा चाडपर्बमा बढी चोरीचकारी हुने, दुर्घटना बढने, झै झगडा गर्ने बढी हुन्छ, त्यसैले आम सर्बसाधारण पनि अलि सचेत र चनाखो हुनु पर्नेमा उहाले जोड दिनुभयो ।

कपिलबस्तु प्रहरीले सुरु गरेको सामान्य प्रहरी कार्यको अलावा दैनिक रुपमा भैरहेको चाडपर्ब बिशेष सुरक्षा योजनामा मुख्य मुख्य चोकहरुमा २४ घन्टा रहने गरी बिभिन्न पिकेट टोली सञ्चालन, मुख्य मुख्य स्थानमा चेकिंङ्ग गर्ने टोली, बिभिन्न स्थान र समयमा सञ्चालन हुने आकस्मिक चेकिङ्ग, बैंक बित्तिय सस्था, सुनचाँदी पसल, आदिमा पैदल गस्ति तथा मोटरसाईकल गस्ती, गाडी मोबाईल, बिभिन्न मेला, सामुहिक दुर्गापुजा समारोह मठमन्दिर, सांस्कृतिक कार्यक्रममा सुरक्षा लगायतका रहेको अधिकारीले बताउनुभयो ।

जिल्लामा फरक फरक धार्मिक धर्मावलम्बीहरुको बसोबास भएकाले आआफ्नो संस्कृति मनाउदा एकअर्कामा असर नपर्ने गरि मनाउन समेत कपिलबस्तु प्रहरीले अनुरोध गरेको छ । समाज तथा टोलछिमेकीलाई असर पर्ने गरि डिजे साउण्ड नबजाउन, प्रहरीले असोज १२ गतेदेखि १५ गतेसम्म सांझ ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पुर्ण होटल लजहरु पुर्ण रुपमा बन्द गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  २ : ०९ बजे