७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अस्ट्रेलियाका केही सहरमा नेपाल आईडलका टप थ्री को प्रस्तुतीले हंगामा



 

नेपाल आईडलका टप थ्री जनाको प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ । यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो ।

सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन्। संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो। एभरेष्टकम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा हुने छ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ। जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ८ : ०३ बजे