८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपाली साहित्यबारे कोरियामा बहस



शिब भुसाल, सिओल, ७ अक्टोवर ।
दक्षिण कोरीयामा सक्रिय साहित्यकारहरुले नेपाली साहित्यलाई अन्तर्राष्टियकरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली साहित्य समाज दक्षिण कोरीयाको आयोजनामा मंगलबार कोरियाको सिओलमा ‘नेसास सम्मान तथा साहित्य महोत्सव’ मा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
बक्ताहरुले पछिल्लो समय नेपाली साहित्यमा आख्यान मात्र अगाडि आएको र कविता विधा छायाँमा परेको भन्दै कविता विधालाई पनि सक्रिय रुपमा अगाडि बढाउन साहित्यकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा वर्तमान समयमा नेपाली साहित्यका विविध विधाहरु कविता, गजल र मुक्तकको अवस्थाबारे बहस र वाचन गरिएको थियो ।
सोहि कार्यक्रममा गतवर्ष कोरियामा सक्रिय साहित्यकारहरुले प्रकाशित गरेको सहयात्रा नामक गीती एल्वमबाट संकलित रकमको साठी प्रतिशत रकम बालबालिकाको क्षेत्रमा कामगर्ने संस्था सेवक नेपालका सक्रिय अभियान्ता यम चापागाँई मार्फत हस्तानतरण गरिएको थियो ।
त्यस्तै नेसासले कोरियामा रहि नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै साहित्यीक श्रष्टाहरु प्रमोद साराङ्ग, डि आर अटु र कल्पना धरती लगायतलाई सम्मान गरेको थियो ।
कार्यक्रममा कोरियामा सक्रिय साहित्यकारहरु सुरेन्द्र कार्की, देवसागर, शेसे लिम्बु, सन्तोष पौडेल, मणि भुसाल, जित लामा लगायतले आफ्ना कविता गजल र मुक्तक वाचन गरेका थिए । कार्यक्रममा एन आर एन कोरीयाका अध्यक्ष लक्ष्मि गुरुङ्ग, एनसिसि कोरियाका अध्यक्ष अञ्जु केसी लगायत साहित्यमा रुची राख्ने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : २० बजे