४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

स्थानीयले निमार्ण गरे सडक



शिवलाल सुवेदी, गुल्मी १३ कात्तिक ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमै स्थानीयले ५ सय मिटर सडक आफै खनेका छन । रेसुङ्गा नगरपालिका ९ बुढीचौरवासीहरुले लामो समयसम्म सडक निमार्ण गरिदिनका लागि सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सडक नवनेपछि स्थानीयले आफै सडक निमार्ण गरेका हुन ।

उनीहरुले तम्घास रिडी सडकखण्ड अन्र्तगत उपल्लो तम्घासवाट आफ्नो गाउँमा जाने ५ सय मिटर सडक निमार्ण गरेका छन । अधिकाशं दलितबस्ती रहेको बुढीचौर सदरमुकाम तम्घास भित्र परेपनि विकास निर्माणमा वत्ति मुनिको अध्यारो भएको स्थानीयले गुनासो समेत गरेका छन ।
२०६६ सालदेखि आफुहरुले बुढिचौर सम्मको मोटरबाटो सुविधाका लागि माग गरे पनि सुनुवाई नभए पछि जनप्रतिनिधीहरुलाई चुनौती दिन जनताहरुले नै बाटो खनेको स्थानियवासी राजु भलामीले बताउनु भयो ।

स्थानीयले खनेको उक्त सडक निमार्णका लागि ३ लाख रुपैयाँ परे पनि विवादमा रहेकाले स्थानीयले श्रमदान गरेर निमार्ण गरेको बताउनुभयो ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ३२ बजे