१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शिक्षा कार्यालयद्धारा वार्षिक अभिमुखीकरणलाई तिव्रता



दिपा महत, कपिलवस्तु, १३ कार्तिक ।
जिल्ला शिक्षा कार्यलयको अयोजनामा आर्थीक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानिय तहहरुमा गर्ने कार्यक्रम अनुसार आज सुद्धोधन गाउपालिका र मायादेवी गाउँपालिकामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्बन्धीत गाविसका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र सोही स्थानिय तह अन्तरगतका सामुदायिक विद्यालयका प्रअहरुको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन विनि खिम बहादुर जिसी, सहजीकरण सहयाक जिशिअ बाबुराम भट्राई र कार्यक्रममा उठेका जिज्ञासा निती नियमका बारेमा जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले बताउनु भएको थियो ।
यस्तै सोमबार वणगंगा नगरपालिका अन्तरगत पञ्चनिमावि बैजल्पुर र बुद्धभुमी नगरपालिकाको गोरुसिगेंमा कार्यक्रम हुने विद्यालय निरिक्षक खिमबहादुर जिसिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ३४ बजे