२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

रुपन्देहीमा ५५ मतदान केन्द्र थपिए



रुपन्देही कात्तिक १३ ।
रुपन्देहीमा ५५ मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार स्थानीय तहको चुनाव ५ सय ४३ मतदान केन्द्र रहेकोमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि ५ सय ९८ मतदान केन्द्र कायम गरिएको हो ।

कार्यालयका अनुसार रुपन्देहीमा २ सय ८ मतदान स्थल कायम रहेका छन् । रुपन्देहीमा ५ लाख २३ हजार ६०२ मतदाताले आगामी निर्बाचनमा भाग लिने निर्वाचन कार्यालयले बताएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  ५ : ४७ बजे