१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नवौ कपिलबस्तु महोत्सब भव्य समारोहका बिच समुद्दघाटन



कपिलवस्तु २३ मंसिर ।
कयौं युवाहरु विदेश पलायन भएका बेला युवाहरुको अगुवाईमा महोत्सव आयोजना हुनु सह्रानिय कार्य भएको पुर्व मन्त्रि एवं नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले बताउनु भएको छ ।
“एक्काइसौं शताब्दीको आवश्यकता , युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को शनिवार एक भव्य समारोहका विच समुद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

त्यस्तै महोत्सवको संयुक्त उद्घाटन गर्दै माओवादी केन्द्रका नेता बलदेव खनालले यस क्षेत्रमा पर्यटनका थुप्रै सम्भावनाहरु रहेको र त्यसलाई पहिचान गरि प्रवद्र्धन गरि विकास गर्न युवाहरु अग्रसर हुनु पर्ने जनाउनु भयो । उहाँले अगाडि भन्नु , भयो देश अव आर्थिक समृद्धिमा लागेकाले युवाहरु विदेश जानु नपर्ने औल्याउदै युवाहरुको कार्यलाई सह्राना गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

महोत्सबको सफलताको शुभकामना दिदै निबर्तमान सांसद बलराम अधिकारीले अब मुलुक बाम गठबन्धनको मार्ग दर्शनमा आर्थिक समृदि तर्फ अघि बढ्ने बताउनुभयो ।
त्यसैगरि निबर्तमान सांसद अतहर कमालले बोल्दै आबधिक चुनाबमा काङ्ग्रेश पराजित भएपनी बिकास निर्माण र सम्बृद्धिका लागि सदैब अरु संग मिलेर काम गर्ने स्पष्ठ पार्नुभयो ।
कार्यक्रममा आयोजक संस्था वेलफेयर सोसाईटिका महासचिव एवं महोत्सवका निर्देशक दिनेश क्षेत्रीले समारोहको सञ्चालन गर्दै युवा उद्यमशीलता तथा व्यवसायिक क्षेत्रको प्रवद्र्धनको लागि उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्नु , लघु , ममmौला तथा ठुला उद्योगहरु तथा उद्यमीहरुको प्रचार प्रसार तथा उत्पादकहरुको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप महोत्सव गर्न लागेको जनाउनु भयो । महोत्सवमा ५ करोडको आर्थिक कारोवार र २ लाख वढि दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिनु भयो । जिल्लालाई आकर्षक पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न यहाँका ऐतिहासिक , पुरातात्विक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्दै आन्तरिक र वाहृय पर्यटनमा सहयोग पुर्याउने आयोजनकले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष एव महोत्सवका संयोजक राजकुमार खाँणको अध्यक्षता , संस्थापक अध्यक्ष विष्णु थापाको स्वागतमा भएको कार्यक्रममा एमालेका युवा नेताहरु विष्णु पन्थि , नेपालि काङ्ग्रेशका नेता पुरन चौधरी , माओवादी केन्द्रका जिल्ला संयोजक भानु प्रकाश श्रेष्ठ , राष्ट्रिय जनमोर्चाका हिमलाल वाग्ले, नयाँ शक्ति नेपालका नारायण खनालले महोत्सवलाई भव्य र सभ्य रुपले सफल पार्ने प्रतिवद्धता जनाउनु भएको थियो । समग्र उधोगिहरुको तर्फबाट बोल्दै उद्योग वाणिंज्य संघका अध्यक्ष यज्ञभट्राईले महोत्सब व्यापार व्यबसाय प्रबधनमा मेरुदण्ड बन्दै आएको बताउनुभयो ।

महोत्सवको पहिलो दिन दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । महोत्सवमा आआफ्नो पहिचान झल्कने गरि विभिन्न समुदायको प्रस्तुती , मयुर नाँच , पञ्चे वाजाले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेको थियो । भगवान गौतम वुद्धको गृह जिल्ला बाणगंगा नगरपालिका स्थित वुद्ध रंगशाला ४ नं जितपुरमा शुरु भएको महोत्सव पौष ५ गते सम्म चल्ने छ । महोत्सवमा विभिन्न प्रकृतिका ३ सय स्टल रहेको स्टल रहेका छन । महोत्सवको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रा.ली. र सह प्रायोजकमा आइएमई रेमिट पानी पोखरी काठमाण्डौ रहेको छ ।त्यसै गरि मिडिया पार्टनरमा रेडियो वुद्ध आवाज , वुद्धआवाज टेलिभिजन , वुद्धदर्पण दैनिक , वुद्धआवाज , कपिलवस्तु दर्पण , लुम्विनी दर्पण ,वुद्धसनेस साप्ताहिक , रेडियो वाणगंगा , रेडियो हर्ट विट , नमस्ते टेलिभिजन रहेको मिडिया संयोजक पार्वती पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  २ : १३ बजे