७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपाल किसान ट्याक्टर समितिको अध्यक्षमा अर्याल निर्वाचित



कपिलवस्तु, १६ पुस ।
नेपाल किसान ट्याक्टर समितिको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनबाट मधु अर्यालको नेतृत्वमा २५ सदस्य नयाँ कार्य समिति गठन भएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा रुमान बहादुर जि.सी., उपाध्यक्ष अब्दुल सतार खाँ, भीम श्रेष्ठ, देवीराम अधिकारी, मनोहर योगी, महासचिवमा झविन्द्र खनाल, सचिव शान्त विक्रम पौडेल, कोषाध्यक्षमा विष्णु गिरी निर्वाचित हुनुभएको छ ।

समितिको अध्यक्षमा अर्याल, उपाध्यक्ष सतार खाँ, सचिव पौडेल र सम्पूर्ण सदस्य निर्विरोध चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा रुमान जि.सी. र गिरीराज बस्नेत, उपाध्यक्षमा रुपन्देही क्षेत्रबाट प्रेमचन्द्र पोख्रेल र भीम श्रेष्ठ, बाणगंगा नगरपालिका क्षेत्रबाट मनोहर योगी र तुल्सी प्रसाद पाण्डे (राजु) महासचिवमा झविन्द्र खनाल र शालिकराम भुसाल, कोषाध्यक्षमा विष्णु गिरी र राजेन्द्र गिरी चुनावी मैदानमा थिए ।

त्यस्तै सदस्यहरुमा हरि प्रसाद न्यौपाने, धर्म आले, मिलन श्रेष्ठ, कृष्ण प्रसाद गैरे, सन्तोष मरासिनी खत्री, राजकुमार श्रेष्ठ, रमेश के.सी., शिव विष्ट, चन्द्रमणि भण्डारी, गोविन्द पाण्डे, राम प्रसाद पोख्रेल, शोभाखर बन्जाडे, वेचन यादव, दधिराम अधिकारी, शिव वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै लेखा संयोजकमा पदम रेग्मी, दिनबन्धु पौडेल रहेको ट्याक्टर समितिले जनाएको छ ।

यसैबीच नव निर्वाचित कार्यसमितिको शनिबार एक कार्यक्रमको बीच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष मधु अर्यालको नेतृत्वका पदाधिकारीले निर्वाचन मण्डलका संयोजक ओम प्रकाश अर्यालबाट सफथ लिनुभएको थियो ।

सफथ पछि समितिका नवनिर्वाचित अध्यक्ष मधु अर्यालले समितिमा पद भन्दा पनि सबै मिलेर सामुहिक रुपमा काम गरी राष्ट्रकै उत्कृष्ट समिति बनाउनु बताउनुभयो ।

उपाध्यक्ष मनोहर योगीले ट्याक्टर व्यवसायीको हितमा सबै मिलेर काम गर्ने बताउनुभयो । निर्वाचन मण्डलका संयोजक ओम प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालक रविराज आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  ३ : ०८ बजे