६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

महाराजगञ्जमा साँढेको आतङ्क, एकको मृत्यु, दर्जन घाइते



मायादेवी अनलाइन, १६ पुस ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा आइतबार साँढे (गोरु) ले आतङ्क मच्चाएको छ । साँढेको आतङ्कबाट एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइतेको उपचार भैरहेको जनाइएकोछ ।
साँढेको आतङ्कबाट महाराजगञ्ज नगरपालिका वडा नं. ३ की १३ बर्षिय जानकी गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार महाराजगञ्ज चमरसठका अरु दुई जना घाइते महिलाको भारतको लखनउमा उपचार भैरहेको छ ।
गत एक हप्ता देखि साँढेले मच्चाएको आतङ्कबाट अहिले सम्म १० जना भन्दा बढी घाइते भएका छन् । साँढेले बाटामा हिडडुल गर्ने जो कोहीलाई पनि अक्रमण गर्ने गरेको स्थानीयबासीले बताएका छन । अहिले नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारी लगायतलाई परिचालन गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  ११ : १२ बजे