३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

अब प्रिपेड मोबाइलबाट पनि सापटी लिन सकिने



मायादेवी अनलाइन, काठमाडौं ।
नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेको छ ।
यो सेवाले प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिए ऋण उपलब्ध गराउनेछ । यस अघि पैसा सकिए कुरा गर्दा गर्दै फोन काटिने समस्या अब हट्ने टेलिकमले जनाएको छ ।
यो सेवा अन्तर्गत दिइएको ऋणमा कुनै ब्याज नलाग्ने पनि टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले १४ वर्ष पूरा गरी १५ वर्ष पूरा गरेको अवसर पारेर नै यस अघि कम्पनीले यो योजनाको सफ्ट लन्च सुरु गरेको थियो ।
नेपाल टेलिकमले सापटी सुविधा अन्तर्गत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म प्रदान गर्नेछ । सापटी लिनका लागि प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा कतबतगक टाइप गरी १४७७ मा पठाउनुपर्छ।
सेवा लिन नचाहेको खण्डमा भने कतयउ टाइप गरी १४७७ मा एसएमएस पठाउनु पर्नेछ । यसरी प्रयोग गरेको रकम मोबाइलमा रिचार्ज गरेपछि काटिनेछ । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  ८ : ५३ बजे