२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

हिलवर्ट र होराइजन जिल्लाकै उत्कृष्ट ! (यस्तो छ कारण)



दिपक अनुरागी, कपिलवस्तु ।
कपिलवस्तुका दुई निजी विद्यालय जिल्लाका उत्कृष्ट विद्यालय ठहरिएका छन । जिल्लाभरका दर्जनौ निजि विद्यालयलाई पछि पार्दै पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कुल र सिद्धिपुरमा अवस्थित होराइजन इंग्लिस बोर्डिङ स्कुल कपिलवस्तुका उत्कृष्ट विद्यालय ठहरिएका हुन । यी दुवै विद्यालय उत्कृष्ट बनाउने गूहकार्यमा जिल्ला शिक्षा कार्यालय लागेको विशेष स्रोतले बताएको छ । “दुवै विद्यालय शिक्षा नियमावलीले व्यवस्था गरेको प्रावधान अनुसार ‘क’ श्रेणीमा परेका छन, जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले भन्नुभयो,” यसको आधिकारीक पत्र भने सम्बन्धित विद्यालयलाई दिएका छैनौ ।’

जिल्लामा उत्कृष्ट विद्यालय घोषित हुँदै ‘क’ श्रेणीमा परेको पत्र जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले आइतबार सम्बन्धित विद्यालयमा पठाउने तयारी गरेको छ । यद्यपि शिक्षा कार्यालयले आधारिक पत्र सम्बन्धित विद्यालयमा नपठाएको भएपनि हिलवर्ट इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डेले आफ्नो विद्यालय जिल्लामा ‘क’ श्रेणीमा परेको दाबी गर्नुभयो । यहाँ सम्म विद्यालयलाई पु¥याउन सहयोग गर्ने शिक्षाविद्, विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन पक्ष सबैलाई प्रिन्सिपल पाण्डेले सबैलाई धन्यवाद दिनुभएको छ । साथै उक्त सफलता पछि हिलवर्टका शिक्षक, विद्यार्थी, सञ्चालकहरुले समाजिक सञ्चाल मार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन ।

शिक्षा नियमावलीमा के छ ?

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को दफा १४५ को उपदफा (२) बमोजिम सामुदायिक तथा निजी विद्यालयललाई सरकारले ‘क’ श्रेणीको रुपमा राख्न सक्ने व्यवस्था छ । विद्यालयको जनशक्ति, भौतीक संरचना, आर्थिक पारदर्शिता, व्यवस्थापन पक्ष, गुणस्तरिय शिक्षा लगायतका विषयबस्तुलाई आधार मानेर सरकारले विद्यालयलाई श्रेणी कायम गर्न सक्ने प्रावधान छ । यही नियमावलीलाई टेकेर विद्यालयले आफुलाई बर्गिकरणमा राख्न माग गर्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्छन । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीका अनुसार गएको पुस र माघ महिनामा हिलवर्ट र होराइजनले ‘क’ श्रेणीमा राख्न माग गर्दै निवेदन दिएका हुन । निवेदनका आधारमा शिक्षा कार्यालयले आवश्यक प्रक्रिया चालेपछि चैतको मध्यावधिमा दुवै विद्यालयलाई ‘क’ श्रेणीको मान्यता दिएको छ ।

कसरी भए उत्कृष्ट विद्यालय ?

कपिलवस्तुमा दर्जनौ निजी विद्यालय छन । यी सबै विद्यालय अझै सम्म ‘क’ श्रेणीमा पर्न सकेका छैनन । दशकौ देखि निजी विद्यालय सञ्चालन भएपनि कुनै विद्यालय राज्यले तोके अनुसारको ‘क’ श्रेणीमा पर्न नसकेका हुन । यद्यपि यस बर्ष होराइजन र हिलवर्ट ‘क’ श्रेणीमा परेपछि चारैतिर चर्चा परिचर्चा शुरु भएको छ । आफु ‘क’ श्रेणीमा पर्ने आधार सहित शिक्षा कार्यालयमा दुवै विद्यालयलले निवेदन दिए । निवेदन दिए पश्चात ‘क’ श्रेणीका लागि पर्ने मापदण्ड छ कि छैन भनेर सिफारिस समितिले जाच गरेको थियो । यो समिति तीन सदस्यिय हुन्छ । जसमा विद्यालय निरिक्षक, स्रोत व्यक्ति र विद्यालय अग्रनाइजेशनबाट एक प्रतिनिधि रहने व्यवस्था छ ।

सिफारिस समितिले आवश्यक जाचबुझ गरि विद्यालय बर्गिकरण तथा शुल्क अनुगमन समितिमा पठाएको थियो । सिफारिस समितिले पठाएको प्रतिवेदनका आधारमा विद्यालय बर्गिकरण तथा शुल्क अनुगमन समितिले विद्यालयको अनुगमन गरे पश्चात शिक्षा नियमावली अनुसार ‘क’ श्रेणीमा पर्ने आवश्यक प्रक्रिया पुगेको ठहर गरेको हो । सोहि बमोजिम समितिले दुवै विद्यालयलाई ‘क’ श्रेणीमा राखेको छ । उक्त समितिको संयोजक जिल्ला शिक्षा अधिकारी रहने व्यवस्था छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  १२ : ४७ बजे