८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

काभ्रेपलाञ्चोकमा गएराती ट्रक दुर्घटना, दुई जनाको मृत्यु



काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन ।

काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना १ क ९५२४ नम्बरको खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए  ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  २ : ४७ बजे