७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

श्रृंखलाको विजयी श्रृंखला जारी, विश्व सुन्दरीको ताज पहिरिन के छ विकल्प !



मायादेवी अनलाइन, कपिलवस्तु ।
मिस नेपाल श्रृंखला खतिवडाको विजयी श्रृंखला जारी छ । हेड टु हेड च्यालेञ्जको प्रश्नको सही जवाफ दिदै मिस नेपाल खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको अन्तिम बीसमा परेकी छिन । श्रृंखला टप २० को १३ औं नम्बरमा परेकी छिन ।
‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के हो ? र तपाई यसलाई कसरी समाधान गर्नुहुन्छ?’ भनेर प्रश्न सोधिएको थियो । जसको जवाफमा उनले भनेकी थिइन्, ‘हाम्रो देशको जल्दोबल्दो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीको अवसरको लागि बिदेश जान्छन् । मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ । पर्यटन हाम्रो देशको शक्ति हो । मलाई विश्वसामु नेपाललाई बिविध सँस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ । नेपाली पर्व मनाउन मन पराउन, रमाउन मन पराउछन् । मलाई विश्वभरका मानिसलाई नेपालमा गर्भसहितको मुस्कानले स्वागत गर्न मन छ ।’ यही सटिक उत्तरको आधारमा जजहरुको मन जित्दै उनी उपाधि नजिक नजिक आएकी हुन् ।


मिस नेपाल वल्र्डको इतिहासमा यो नै अहिले सम्मको ठूलो उपलब्धी हो । यो भन्दा ठूलो उपलब्धी त्यति बेला हुनेछ जति डिसेम्बर ८ को ग्राण्ड फेनालेमा विजेता हुँदै श्रंखलाले चाइनाबाट विश्व सुन्दरीको ताज लिएर सगरमाथाको देशमा फर्कने छिन ।
उनी १३ औं नम्बरमा रहेकाले उनी भन्दा थप १२ जना प्रतिस्पर्धी हेड टु हेड च्यालेञ्जमा अगाडी रहेकाले विश्व सुन्दरीको ताज भित्त्राउन भने त्यति सजिलो छैन । तर, विश्वभरको विश्लेषण अनुसार श्रृंखलामा रहेको सुन्दरता, ट्यालेन्ट, आत्मविश्वास र मिठो बोलीका कारण उनले उपाधि जित्न आकलन गरिएको छ ।
मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा मोरिसस, दोस्रो नम्बरमा फ्रान्स, तेस्रो नम्बरमा भेनेजुएला, चौथो नम्बरमा फिलिपिन्स, पाँचौ नम्बरमा नाइजेरिया, छैँटौँ नम्बरमा बंगलादेश, सातौँ नम्बरमा चिली, आठौ नम्बरमा लेबनान, नवौँ नम्बरमा मलेसिया र दसौं नम्बरमा ग्वाडेलप देशका सुन्दरीहरु छानिएका छन् ।
यस्तै एघारौ नम्बरमा म्यानमार छन भने बाह्रौ नम्बरमा भारत रहेको छ । मिस नेपाल श्रृंखला खतिवडा भने तेह्रौ नम्बरमा छिन् । यस्तै चौधौं नम्बरमा सिंगापुर, पन्ध्रौ नम्बरमा थाइल्याण्ड, सोह्रौ नम्बरमा बुल्गेरिया र सत्रौ नम्बरमा मेक्सिको रहेका छन् भने अठारौ नम्बरमा ट्रनिड्याड एण्ड टोब्याको, उन्नाइस नम्बरमा अर्जे्न्टिना र बीसौ नम्बरमा युगान्डाका सुन्दरीहरु छानिएकी छिन् ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  ५ : २८ बजे