७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शिकार खेल्न जङ्गल गएका मध्ये एकको शब फेला, अर्का बेपत्ता



धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका, १४ फुलवारी ‘सि’ गाउँमा शिकार खेल्न गएका एक व्यक्ति मृत फेला परेका छन । मृत फेला पर्नेमा सोही ठाउका २३ वर्षका राजमोहन चौधरी छन् ।
मंगलवार साँझ गाउँ नजिकैको हरियाली सामुदायिक वनमा जङगली जनावरको शिकार खेल्न गएका चौधरीको बुधवार बिहान कोषमाया ताल नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।
उनीसँगै शिकार खेल्न गएका हरि चौधरी भने बेपत्ता छन । उनको खोजी कार्य भइरहेको वलीले बताउनुभयो ।
स्थानीयका अनुसार मंगलवार साँझ उक्त जङ्गलमा बन्दुक पड्किएको आवाज आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : ०७ बजे