२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

त्रिभुवन विश्वविद्यालयमा ताला



काठमाडौं ।
सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन ।
ब्याचलर अफ कम्प्युटर अप्लिकेशन बिसिए लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको संघका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए। उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन ।
त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन्। उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए। तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : ४२ बजे