७ असार २०८३, आइतबार | Sun Jun 21 2026

हतियार र लागुऔषधसहित दुई पक्राउ



राजविराज । सिरहाको लहान नगरपालिका ४ बाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय रञ्जित यादवको घरमा २ थान कटुवा पेस्तोल, गोली र लागुऔषध बरामद भएपछि शंकास्पद दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन।

गोप्य सुचनाका आधारमा यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइ राखेको पेस्तोल, थ्रिनटथ्री राइफलको गोली तथा विभिन्न प्रकारका लागुऔषध समेत बरामद भएको ईलाका प्रहरी कार्यालय लहानका सई राजेश थापाले बताए।
दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइइहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ५० बजे