८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

क्याम्पसबाट पिकनिक गएको बस मकवानपुरमा दुर्घटना



हेटौँडा ।
वनभोजका लागि मकवानपुरको मार्खु जादै गरेको काठमाडौं शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ। इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा।३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठसहित तीनजना घाइते भएका छन्। घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ। उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। शंकरदेवको स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू पर्यटकीय गन्तव्य मार्खुमा वनभोजका लागि आएको प्रहरीले जनाएको छ। बसमा ४० जना विद्यार्थी सवार थिए।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ८ : ४६ बजे