८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अति बिपन्न वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान गरिने



अजय मिश्र,कपिलबस्तु ।
अति बिपन्न वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान गरिने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बुटवल मातहत रहेका सम्पूर्ण वितरण शाखा कार्यलय हरुबाट अति बिपन्न वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान गरिने नेपाल विद्युत प्राधिकरण वितरण शाखा कृष्णनगर का प्रमुख लक्ष्मीकेशर अगञ्जा ले बताउनुभयो ।
क्षेत्रीय कार्यलय बुटवलले आर्थिक वर्ष ७५÷७६मा लाईन वितरण र निशुल्क मिटर जडान कार्यक्रमका लागि पाँच करोड बजेट समेत छुट्याको छ । साथै उक्त कार्यक्रम को लाभ उठाउन नगरपालिका को सिफारिस चाहिने छ।नेपाल बिद्युत प्राधिकरण को कृष्णनगर कार्यलयक स्थानिय बुद्धजीवी,समाजसेबी,लगायत ले यस्तो कार्यक्रम आउनु राम्रो भएको बताए । समाज मा पिछाडिएको जनता र अति बिपन्न को घरमा मिटर जडान भई घर उज्यालो पार्ने काम सरहनीय रहेको उनिहरुले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ७ : ०३ बजे