काठमाडौं ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भारी बोकेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अमेरिकी मिडियाका अनुसार पूर्वराष्ट्रपति ओबामाले धोक्रो बोकेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँड्न वासिङ्टन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेका हुन्।
सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा पर्छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाउँछन् । आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिन्छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी गरेको बासिंटन पोस्टले लेखेको छ ।
बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।






प्रतिक्रिया