१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु



पर्सा ।
ठोरी गाउँपालिकामा शनिबार बिहान हात्तीको आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको ज्यान गएको हो ।

ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा व्यक्तिमाथि आक्रमण गरेको बताउनुभयो ।

मृतकले लगाएको लुगाले भारतीय भएको अनुमान गरिए पनि उनको परिचय हालसम्म खुल्न नसकेकोे उपरीक्षक ढकालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भएको प्रहरीले बताएका छ ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ६ : १९ बजे