७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

रेसुंगाका पाँच वटा वडामा खोरेत फैलियो एक दर्जन पशुको मरे



गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासको रेसुंगा नगरपालिकाका विभिन्न वडाहरुमा पशुमा खोरेत रोग फैलिएको छ। वडा नम्बर सीमिचौर १० बाट फैलिएको खोरेत क्रमशः वडा नम्बर ११ , १३ , ३ र १४ का करिब ४०० पशुमा फैलिएको छ। नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख भोजेन्द्रप्रसाद भण्डारीका अनुसार खोरेत रोग नियन्त्रका लागि टेस्ट्रासाइक्लिन मोलफेन, हेमेक्स मलम, चारमेल, फिटकिरीलगायतका औषधिहरु खुवाइएको र नियन्त्रण लिने प्रयास भइरहेको बताए। एक महिनाअघि फैलिएको खारेत रोगले करिब एक दर्जन चौपायको मृत्यु भएको, एक दर्जन जति पशुको गर्भ तुहेको भण्डारीले बताए। खोरेत रोग लागेका पशुचौपायमा ज्वरो आउने, मुखमा र्‍याल आउनेलगायत लक्षण देखा पर्ने चिकित्सकले बताइएको छ। यस्ता समस्या देखा परे नगरपालिकाको पशु विकास शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ। शाखाका अनुसार खोरेत रोग लागेका चौपायलाई भन्दा पनि अन्यलाई सर्न नदिने गरी लागि प्रयास जारी रहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ५ : ५२ बजे