२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

धरहराको शिलान्यास पुस १२ गते प्रधानमन्त्री ओलीले गर्ने



काठमाडौं ।
विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुहुने भएको छ ।
शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।
उहाका अनुसार धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन ।
मंसिरमै जग खन्न शु? गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको मानन्धर बताउनुहुन्छ ।
भत्किएको धरहरालाई संरक्षण गर्न चारैतिरबाट प्रोटेक्सन पालिङको काम भइरहेको छ । पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो ।
मानन्धरका अनुसार कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ९ : ४९ बजे