१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

छैटौँ ढाकाटोपी दिवस भव्य रुपमा मनाइने



काठमाडौँ ।
जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ ।
सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  १० : १० बजे