९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन राष्ट्रसंघलाई आग्रह



काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ ।
५ महिना बित्न लाग्दासमेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् । यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्ताक्षार अभियान संकलन गरेका थिए ।
निर्मला पन्तलाई न्याय दिन अन्तराष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताएका छन् ।
‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ८ : १२ बजे