१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एक ट्रक हरियो केराउ बरामद



लहान ।
प्रहरी टोलीले शुक्रबार राति सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट एक ट्रक हरियो केराउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा दशगजामा शङ्कास्पद रूपमा राखिएको बिआर०१जिए ४३१५ नंको भारतीय ट्रक र त्यसमा लोड गरिएको २१० बोरा केराउ बरामद गरेको हो ।बरामद सवारीसाधन तथा केराउ आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइने तयारी भइरहेकोे प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
यस्तै प्रहरी टोलीले सिराहा नगरपालिका–७ स्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा मोटरसाइकल तथा लागुऔषध बरामद गरेको छ ।

प्रहरीले बेवारिसे अवस्थामा स२प ९६२६ नंको मोटरसाइकल तथा मोटरसाइकलमा रहेको झोलाभित्र १११ बोतल डिलक्स डिसी १०० एमए लेखिएको प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ३३ बजे