८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुबाको मृत्यु सँगै आमा हिँडेपछि ६ बालिकाको बिचल्ली



बैतडी ।
दशरथचन्द नगरपालिका १० सतपालीका आमाबुबाविहीन एकै परिवारका ६ बालिकाको बिचल्ली भएको छ। बुबाको मृत्यु भएको तीन महिनामै आमा पनि हिँडेपछि बालिकाको बिचल्ली भएको हो। तीन महिनाअघि बिरामी भएर बुबा राजुराम लाबडको मृत्यु भएको थियो। लगत्तै आमा मीना हिँडेपछि बालिकाहरूको बिचल्ली भएको हो। १४ वर्षीया निलम, १२ वर्षीया नितु,११ वर्षीया तृप्ति, १० वर्षीया लीला, ६ वर्षीया विन्दु र तीन वर्षीया ममता लावडको बिचल्ली भएको छ। ुबुबा बितेको केही दिनमै आमा पोइल गएपछि समस्यामा परेका छौँु, निलमले भनिन्, ‘घरमा खानेकुरादेखि लिएर ओढ्ने–बिछ्याउने समेत छैन।’ उनीहरूलाई हालै स्थानीयको सहयोगमा ओढ्ने बिच्छ्याउने कपडा र केही रकम प्रदान गरिएको छ। बिचल्लीमा परेका बालिकालाई तत्काल सहयोग पुर्‍याउन दशरथचन्द नगरपालिकाले १० हजार विनियोजन गरिसकेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ४८ बजे