७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

झापा खुला दिशामुक्त जिल्ला घोषणा



भद्रपुर ।
पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ।
भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले शुक्रबार सो घोषणा गरेकी हुन्।

झापाका १५ स्थानीय तहमा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।
सोही अवसरमा खुला दिसामुक्त क्षेत्रका लागि सहयोग गर्ने चार सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ५४ बजे