३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति



डडेल्धुरा ।
डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा २० लाखभन्दा बढी क्षति भएको छ।
शुक्रबार राति करिब ९ बजेतिर जिल्लाको मुख्य बजार बागबजारमा आगलागी भएको थियो।
बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ अनुमानित २० लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ।
क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले बताए।
यसअघि पनि आगलागी भएको लक्ष्मी किराना पसलमा अचानक विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ५६ बजे