८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दोलखाको उच्च भूभागमा हिमपात, जनजीवन प्रभावित



चरिकोट ।
दोलखाको उच्च भूभागमा हिमपात भएको छ।
जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा हिमपात भएको हो।

हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ।

हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ। काठमाडौंबाट नजिकको दुरीमा रहेको चरिकोट आई हिउँसँग खेल्न पर्यटक आउने हुँदा जिल्लाको होटल व्यवसायी खुसी भएका होटल सङ्घ दोलखाका अध्यक्ष सन्तोष पाठकले बताए।
दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौँको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र कुरीका सबै होटल भरिएको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ५८ बजे