५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फिलिपिन्समा शक्तिशाली भूकम्प



एजेन्सी ।
फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी आइल्याण्ड मिन्डानाओ केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामी जान सक्ने भन्दै चेतावनी जारी गरिएको छ ।
अहिलेसम्म भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन । युएस जियोलोजिकल सर्वे, युएसजिएसले सुरुमा यो भूकम्प ७।२ तथा त्यसपछि ६।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ७ : ०१ बजे