७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

भोजपुरमा बस दुर्घटना हुदा एकको मृत्यु, ८ घाइते



भोजपुर ।
भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् ।
भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको थियो ।घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ८ : ४१ बजे