५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

‘निर्मला हत्या प्रकरणमा प्रहरी संवेदनशील छ’



काठमाडौँ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएकोे बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताउनुभयो । “निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्”, उहाँले भन्नुभयो ।

उहाँले आर्थिक वर्ष ०७४÷०७५ मा प्रहरीमा ।बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सामुदायिक सेवा केन्द्रलाई राजनीतिक गर्ने थलोभन्दा समाजसेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोङ्गबुमा कार्यरत प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी र प्रहरी जवान चमेली कँडेललाई सम्मान गरिएको थियो । साधारणसभाका अवसरमा आजै सामुदायिक सेवा केन्द्रले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ८ : ५६ बजे