५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काठमाडौंमा प्युठानका गणेशको हत्या आरोपी पक्राउ



काठमाडौ ।
प्युठानको गौमुखी गाउँपालिका ६ का गणेश घर्ती मगरको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गंगबुबाट खटिएका प्रहरीले शनिबार २६ बर्षिय वीरबहादुर खत्रीलाई काठमाडौं २६ मित्रनगरबाट नियन्त्रणमा लिएको हो ।

कुलोमा पानी लगाउने क्रममा बिबाद हुँदा पुस ११ गते विहान कोदालोले हानेर खत्रीले घर्तीको हत्या गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ४ : ४८ बजे