१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा हमाल



सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका १ स्थित नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा नयाँ नेतृत्व चयन भएको छ ।

क्याम्पस सभा सदस्यहरुको सम्पन्न भेलाले लंकबहादुर हमाल अध्यक्ष रहेको ९ सदस्यीय नयाँ व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो । क्याम्पस व्यवस्थापन समितिको उपाध्यक्षमा नारायण ज्ञवाली, कोषाध्यक्षमा मेघनाथ रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् । भेलाबाट छन्दबहादुर सिंह जि.सी., बीरेन्द्र सिंह के.सी., सरोज कुमार पौडेल र विष्णुप्रसाद उपाध्याय सदस्य पदमा सर्वसम्मत चयन भएका छन् भने महिला सदस्यमा लक्ष्मी अधिकारी र विष्णुमाया के.सी. चयन भएको क्याम्पस प्रमुख नवराज पाण्डेयले जानकारी दिनुभयो ।

नव निर्वाचित क्याम्पस व्यवस्थापन समिति अध्यक्ष हमालले अबको एक वर्षभित्र डिग्री कक्षा संचालन गर्ने उद्घोष गर्नुभएको छ । क्याम्पसको व्यवस्थापकीय पक्षलाई सुधार गर्दै नमूना क्याम्पस बनाउन सबैसँग हातेमालो गरी अगाडि बढ्ने नवनिर्वाचित हमालले बताउनुभयो । शिक्षाक्षेत्रमा लामो समयको अनुभव संगालेका हमालले क्याम्पसको भविष्य उज्वल पार्न शैक्षिक योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : २९ बजे