३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

वाणगंगामा सकियो अभिमुखीकरण कार्यक्रम



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाका सम्पूर्ण वडाका उपभोक्ता समिती बीच सञ्चालन गरिएको अभिमुखीकरण आइतबारबाट सकिएको छ ।

आर्थिक वर्ष २०७५÷०७६मा कार्यान्वयन हुने योजनाहरुको सञ्चालनको लागि बाणगंगा नगरपालिकाले सञ्चालन गरेको अभिमुखीकरण दिइएको थियो । कार्यक्रम अन्तरगत आइतबार वडा नम्बर १ र २ मा अभिमुखीकरण भएको छ ।

आइतबार भएको अभिमुखीकरण कार्यक्रममा योजना अधिकृत लेख बहादुर बस्नेत, वातावरण अधिकृत चिरन्जिवी भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

वडा नम्बर १ मा वडा अध्यक्ष बालकुमारी अधिकारी र वडा नं. २ मा वडा अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो भने सञ्चालन वडा नम्बर १ वडा सचिव गोविन्द आचार्य र वडा नं. २ मा वडा सचिव नरेन्द्र पोख्रेलले गर्नुभएको थियो । अब नगरपालिकाले योजनाहरुको कार्यान्वयन गर्ने छ ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : ४३ बजे