३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

१० रुपैयाँको बचतले करोड बढी जम्मा गर्ने ठाकुरापुरको ‘महिला सहकारी’



कपिल पौडेल, बाणगंगा ।
महिला बहुउद्देश्यीय सहकारी संस्था लि. बाडगङ्गा ४ ठाकुरापुर कपिलवस्तुको १७ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष नुमि शर्माको अध्यक्षता, वाणगंगा नरपालिका उपमेयर चक्र अर्यालको प्रमुख आतिथ्य, बाणगंगा नगरका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीको विशिष्ट आतिथ्यमा ठाकुरापुर स्थित आफ्नै भबनमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष नमुना पौडेलले १ करोड ७२ हजार ७ सय १९ रुपैयाँ बराबरको बार्षिक आयब्यय प्रस्तुत गर्नु भएको थियो । यस्तै सचिब सुनिता सेनले बार्षिक प्रगति प्रतिबेदन र भावी कार्ययोजना प्रस्तुत गर्नु भएकोे थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले महिला सहकारीले गरेको कामको प्रसंसा गर्दै अगाडी बढ्न आग्रह गर्नु भयो । महिला शसक्तिकरणका लागि सहकारीले धेरैभन्दा धेरै काम गर्नु पर्ने भन्दै आफूले सदैव सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विशिष्ट अथिति गणेश क्षत्रीले सहकारीको नामैले समाजमा जागरण प्रदान गरेको भन्दै दिदी वहिनीको सहकारिताको अभ्यास निकै राम्रो भएको बताउनुभयो ।
क्षेत्रीले दशदश रुपैयाँ बचत गरेर करोडको कारोबार गर्न सफल हुनु चुनौतिपूर्ण रहेको भन्दै महिला सहकारीका सबै सदस्य सक्षम र सचेत रहेको बताउनुभयो । त्यसैगरी सामाजिक बिकास मन्त्रालय ५ नं प्रदेश निरीक्षक भगवती भट्टराईले महिला शसक्तिकरण तथा बिकासका अरु थप कार्यक्रममा अगाडी जान शुभकामना दिँदै आफूले हातेमालो गर्ने बताउनुभयो । सचिब सुनिता सेनको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमा पान्डेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ४ : ३२ बजे