२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम



काठमाडौं ।
सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले केही दिन भित्रमा नै थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।
संविधान अनुसारनै नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन सरकार प्रयत्नरत रहेको पनि उनले स्पष्ट पारे । स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिन्न भिन्नै ऐनका कारण पनि समस्या भएको भन्दै उनले सबैलाई छाता ऐनमा ल्याएर यस क्षेत्रमा देखिएको विकृति नियन्त्रित गरिने आश्वासन दिए । प्रतिष्ठानका विद्यमान ऐन कै कारण धेरै कुरा मन्त्रालयको पहुँचबाट टाढा भएको बताए ।
मुलुकभरका स्वास्थ्य संस्थामध्ये कतिपयमा स्थानमा जनशक्ति, उपकरण र संरचना नभएको भन्ने सम्बन्धमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्ने गरि हेल्थसेन्टरबाट प्रवाह गरिने सेवालाई व्यवस्थित पारिने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  १० : ४६ बजे