११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

एसईई परीक्षा स्थगनको विरोधमा प्रहरी भ्यानमा आगजनी, ६ राउन्ड गोली चल्यो



काठमाडौं ।
प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित भएपछि विद्यार्थीले आन्दोलन थालेका छन् । यही क्रममा बारामा प्रदर्शनमा उत्रिएका विद्यार्थीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विद्यार्थी प्रर्दशन रोक्न बारा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।विद्यार्थीले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले प्रहरी भ्यानमा आगजनी गरेका थिए ।

जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । सोहीको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ६ : २० बजे