१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आलिया भटलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या



एजेन्सी ।
बलिउड चलचित्र उद्योगमा अहिले सफल केही अभिनेत्रीको सूचिमा आलिया भटको नाम अग्रपंक्तिमै आउँछ । उनका चलचित्र एकपछि अर्को गर्दै सफल भइरहेका छन् समीक्षकको नजर र व्यवसायिक रुपमा पनि ।

आलियाको बहुप्रतिक्षित चलचित्र कलंक आउँदो महिना प्रदर्शनमा आउनेछ । तर आलिया बाहिरबाट हेर्दा जति सफल र खुशी देखिए पनि आन्तरिक रुपमा भने समस्यामै रहेको खुलेको छ । उनले हालै एक अन्तर्वार्ताको क्रममा आफूले मानसिक स्वास्थ्य सम्बन्धी भोगेको असजिलोबारे बताएकी छन् ।
फिल्मफेयरसँगको अन्तर्वार्ताको क्रममा आलियाले आफू एन्जाइटीबाट गुज्रिएको बताएकी हुन् । उनले भनेकी छन्, ‘सुरुमा डिप्रेशन हो जस्तो लागेको थियो, तर एन्जाइटी रहेछ । एन्जाइटी बेलाबेलामा भइरहन्छ । पछिल्लो ५–६ महिनादेखि यस्तो भइरहेको छ । एन्जाइटी अट्याक त होइन तर कमजोर महसुस भइरहन्छ ।’
उनले अघि भनेकी छन्, ‘धन्न यसबारे जानकार थिए मेरी दिदी शहीनका कारण । उनले डिप्रेसनसँग लडेकी थिइन् । मैले उनका पुस्तक पढेँ । जस्तो अप्ठ्यारो परे पनि मैले लो फिल हुन दिएँ । कुनै बेला त बिना कारण रुन मन लाग्ने । त्यसपछि भने एन्जाइटी जाने गर्छ । सुरुमा स्पष्ट थिइन । तर पछि बुझ्दै गएँ ।’

आलियाकी दिदी शहीनालाई लामो समय डिप्रेशनले गाँजेको थियो । उनले आफ्नो अनुभवबारे पुस्तक पनि लेखेकी छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ६ : ४१ बजे