२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रहरीले रोक्यो बालविवाह



खोटाङ ।
खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा २० वर्ष उमेर नपुग्दै किशोरीको विवाह हुन लागेको जानकारी प्राप्त भएपछि प्रहरीले रोकेको हो । कक्षा १० मा अध्ययनरत १५र१६ वर्षकी बालिकाको भोजपुरको टेम्के मैयूँ गाउँपालिका–६ का युवकसँग विवाहको तयारी भइरहेको जानकारी आएपछि सोमबार राति प्रहरी पठाएर विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो ।

प्रहरीले विवाह रोकेपछि जन्ती बेहुलीबिनै फर्किएको छ । विवाह घरबाट फर्किएको जन्ती अर्की बेहुली लिएर मात्र फर्कने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

मुलुकी अपराध संहितामा केटा वा केटीले २० वर्ष नपुगी विवाह गरेमा बालविवाह ठहरिने र त्यस्ता विवाह स्वतः बदर हुने व्यवस्था छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  २ : १८ बजे