७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वाणगंगामा विपद् निरुपण तालिम



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगामा विपद निरुपण तथा मेलमिलाप सम्बन्धी ८ दिने तालिमको आज एक कार्यक्रमका बिच राजापानीमा समापन गरिएको छ । वाणगंगा नगरपालिकाको आयोजनमा भएको उक्त तालिमको गत असोज ६ गते उद्घाटन गरिएको थियो । नगरलाई सुसासनयुक्त, न्यायमा आम नागरिकको सर्वसुलभ सहज पुर्याउन र आइपर्ने विवादलाई मेलमिलाप मार्फत टुङगाउन उक्त तालिमको आयोजना गरिएको थियो । तालिममा प्रत्येक वडाका गरी २२ जनाको सहभागिता रहेको थियो । नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर तथा न्यायिक समिती संयोजक चक्र अर्याल, न्यायिक समिती सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त त्यसैगरी वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सुसासन विकास प्रतिष्ठानका प्रमुख डाक्टर मुक्ति रिजाल, उपमेयर चक्र अर्याल यस्तै सहभागिको तर्फबाट सुसिला बेल्वासे र विन्द्र बहादुर गुरुङले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका नासु सन्तोष थापाले गर्नुभएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ६ : ५६ बजे