२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नगर प्रमुख र गाउँपालिकाका अध्यक्षद्धारा तिहारको शुभकामना



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका विभिन्न स्थानीय तहले तिहारको अवसरमा शुभकामना दिएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाले समस्त नगरबासीमा तिहारको शुभकामना दिदै तिहारमा हुन सक्ने अपराधिक क्रियाकलाप प्रति सचेत रहन आग्रह गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले शुभकामना सन्देश जारी गर्नुभएको हो ।
यता बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पनि तिहार पर्वको अवसरमा नगर तथा देशबासीमा सुख, शान्तीको कामना गर्नुभएको छ । नगर प्रमुख श्रेष्ठद्धारा जारी शुभकामना सन्देशमा राती १० बजे पछि भैलो नखेल्न आग्रह गरिएको छ ।

Image may contain: text
पर्वलाई शान्ति, सुव्यवस्थित, सभ्य, मर्यादित, एवं भव्यताका साथ मनाउन आग्रह गरिएको छ ।
जिल्लाको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले पनि तिहार पर्वको अवसरमा नगर तथा देशबासीमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।
यता गाउँपालिकाका अध्यक्षले पनि शुभकामना दिनुभएको छ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश पाण्डेयले छुट्टा छुट्टै शुभकामना सन्देश जारी गरी तिहारको शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६ मंगलबार ००:००  ६ : ३८ बजे