२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बुद्ध शान्ति क्लवद्धारा रक्तदान, दृष्टिविहिनलाई कम्वल वितरण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित बुद्ध दर्पण युवा क्लवले बिभिन्न सामाजिक तथा मानविय कार्यहरु गरेको छ । आइतबार हथौसाको लिटिलस्टार इङलिस बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरी रक्तदान, न्यानो कपडा (कम्बल) वितरण तथा बिभिन्न क्षेत्रमा योगदान दिने ब्यक्तिलाई समम्मान गरेको हो ।
भैली खेलेको पैसालाई बचत गरेर आयोजना भएको रक्तदानमा ६० जना भन्दा ब ढीले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको समन्वयमा भएको रक्तदानबाट ५८ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष दयाराम शर्माले बताउनु भयो । रक्तदान गर्ने सबैलाई सोही कार्यक्रमकै अवसरमा रक्तदान प्रमाण पत्र पनि वितरण गरिएको छ ।
यस्तै सोही कार्यक्रम मार्फत ओदारी उच्च माविमा अध्ययन गर्ने १० दृष्टिविहिन छात्रछात्रालाई पनि न्यानो कपडाा वितरण गरिएको छ । स्थानीय समाजेसवी तथा ज्येष्ठ नागरिक दुर्गा प्रसाद भूषालले क्लवको समन्वयमा उनीहरुलाई एकएकवटा गरी १० थान कम्वल बाँड्नु भएको हो । यस्तै कार्यक्रममा क्लवका आजिवन सदस्य, क्लवलाई आर्थिक सहयोग गर्ने सहयोगदाता, क्लवका खेलाडी तथा कलाकार गरी एक सय बढीलाई मायाको चिनो र प्रंससापत्रले सम्मान गरिएको थियो ।
यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले बुद्ध शान्ति युवा क्लवले समाजमा रहेर राम्रो काम गरेको भन्दै प्रसंसा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले क्लवले समाजिक र मानवीय कार्य गरेर नयाँ सन्देश दिएको बताउनु भयो । वडा नम्बर ११ का दृष्टिविहिनहरुलाई कम्बल बाँड्नु, रक्त संकलन गर्नु सामाजिक र मानवीय कार्य भएको भन्दै यस्ता कार्यमा नगरपालिकाले पनि समन्वय गर्ने बताउनु भयो । वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले क्लवले वडामा नमुना कार्य गरेको बताउनु भयो । हिजोको दिनमा क्लव सुस्तजस्तो देखिएका आजबाट थप जागरुक भएकोमा क्लवका पदाधिकारीलाई धन्यबाद दिँदै आफूले पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेशका उपसभापति तथा समाजसेवी रवि बहादुर काफ्ले, हेमराज उच्च माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुव नेपाल लगायतले बोल्नु भएको थियो । क्लवका अध्यक्ष दयाराम शर्माको अध्यक्षता, कोषाध्यक्ष कमल भूषालको संयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालन रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  १२ : ३३ बजे