२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

यशोधराका विद्यालय १५ दिनका लागि विदा



मायादेवी अनलाइन, वाणगंगा ।
एकसाता अघिदेखि बढेको अत्यधिक चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय बन्द भएका छन् । कपिलवस्तुको एक स्थानीय तहले चिसोका कारण बालबालिका प्रभावित भएको बताउदै १५ दिनका लागि विद्यालय बन्द गरेको हो ।
जिल्लाको दक्षिणी सिमावर्ती यशोधरा गाउँपालिकाले आइतबारदेखि १५ दिनका लागि सूचना जारी गर्दै विद्यालय बन्द भएको जनाएको छ । पौष १४ देखि २८ गतेसम्मका लागि विद्यालय विदा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबीन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । चिसोका कारण गाउँपालिकाले विद्यार्थीहरुको उपस्थिती न्यून भएपछि विद्यालय विदा गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ७ : ४० बजे