२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बुद्धभूमी नगरपालिकाले बाँड्यो प्रत्येक वडामा २ सय ९५ सिरक



मणि प्रसाद गैह्रे, कपिलवस्तु  ।
कपिलवस्तुमा अत्याधिक जाडो भएपछि विभिन्न स्थानिय तहहरुले जनताहरुलाई कम्मल, सिरक तथा दाउरा वितरण गर्न लागेका छन् । बुद्धभूमि नगरपालिका कपिलवस्तुले पनि प्रत्येक वडाका वस्तीमा पुगेर सिरक वितरण गरेको छ । नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रत्येक वडाका वस्तीहरुमा नै पुगेर गरिव, असहाय, विपन्न तथा बुद्धहरुलाई सिरक वितरण गरेका छन् । नगरपालिका क्षेत्र भित्र प्रत्येक वडाहरुवाट असहाय तथा अति विपन्न समुदायका घरघुरीलाई छनौट गरि सिरक वितरण गरिएको प्रमुख श्रेष्ठले बताए । नगरले चार लाख रकम विनियोजन गरी २ सय ९५ वटा सिरक खरिद गरि वितरण गरिएको समेत श्रेष्ठले बताए । वडा नं १० धनकौलिमा ३५ जनालाई सिरक वितरण गरिएको वडा अध्यक्ष त्रिकोकी खरविन्दले बताए । साथै त्रिलोकीले वडामा अति गरिवहरुको लागि मापदण्ड वनाएर अन्य सहयोग गर्ने कार्यक्रम तय गरिएको समेत बताए ।
त्यस्तै वडा नं ६ महुवामा पनि २३ थान सिरक वितरण कार्य सम्पन्न गरिएको छ २ दिन भित्र वाँकी वडामा वितरण गरिने नगरपालिकाले जनाएको छ । विभिन्न सामुदायिक वन तथा डिभिजन वन कार्यालयसंग सहकार्य गरी चिसोवाट राहत दिलाउनको लागि चौक चौकमा दाउरा समेत वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए । चिसोको समयमा सिरक पाएपछि बुद्धभूमि १० ढडिहवाकी प्रदेशनी थारुले चिसोमा न्यानो सिरकले आफुलाई सहज हुने बताइन । त्यस्तै वडा नं १० कै धनकौलीकी शुभावती कोरीले अत्याधिक जाडोमा सिरकले आफुलाई रात काट्न सजिलो हुने बताइन् ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  १ : २२ बजे