२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

शीतलहरका कारण नेपालगञ्ज र डुडुवाका विद्यालय बन्द



नेपालगञ्ज ।

अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय ४ दिनका लागि बन्द गरिएको छ ।

ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, मंगलबारदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताए ।

यसैबीच, अत्यधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ ।

स्थानीइ नागरिकलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्फत  टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ८ : ४७ बजे