मायादेवी अनलाइन, वाणगंगा ।
शाह परिवारबाट जनमतसंगै उदाएका पछिल्ला नेता हुन्, रजतप्रताप शाह । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रहेका शाह स्वतन्त्र रुपमा उठेर चुनाव जितेका थिए । ५ बर्षमा कृष्णनगरको मुहार फेर्ने बताउँदै आएका नगर प्रमुख शाहले अढाई बर्षे कार्यकालमा विकासका थुप्रै काम गरेको बताउँछन । गाउँ गाउँमा सडक निर्माण, सामुदायिक भवन निर्माण, स्वास्थ्य चौकीको स्तरउन्नती, विद्यालयको भवन निर्माणमा बजेट खर्च गरेको नगर प्रमुख शाहले बताए । मायादेवी अनलाइनसंग कुराकानीको क्रममा शाहले स्थानीय सरकार बनेदेखि नगरबासी विकास निर्माण देखेर अचम्मित हुने गरेको जनाए । “बीसौं बर्षदेखि गाउँघरमा विकास भएका थिएनन । म निर्वाचन भएपछि गाउँ गाउँमा विकास बजेट खर्च गरेको छु । अढाई बर्षमा कयौं बाटा पक्की बनाए, कयौं बाटामा आरसिसि ढलान गरे नगर प्रमुख शाहले भने, “नगरबासीले तपाई आएपछि विकास देख्न पाएका छौं भन्दै खुसी भएका छन् ।” यो कुरा मैले भनेको होइन नगरबासीले भनेका हुन, विश्वास नलागे गाउँमा गएर सोध्नु उनले भने ।
सिंचाईको प्रयाप्त सुविधा नहुँदा किसानका समस्या समाधान गर्न नसकिएको उनले बताए । दशकौं देखि राप्ति नदीको पानी ड्राइभर्सन गरी ल्याउने कुरा सपना मै सिमित भएको छ । यो आयोजना सम्पन्न नहुँदासम्म यस क्षेत्रमा सिंचाईको सुविधा पुग्न सक्दैन, उनले भने, “अहिले यो विषयमा प्रदेश र केन्द्रस्तरमा कुराकानी गरिरहेको छु ।” चन्द्रौटा–कृष्णनगर सडकखण्ड फोर लेनको हुने काम धमाधम भैरहेको भन्दै उनले यो सम्पन्न हुँदा सिंगो नगरको मुहार फेरिनेमा विश्वास व्यक्त गरे । अरवौं राजश्व उठाउने कृष्णनगर भन्सार हुँदै नेपाल प्रवेश गर्ने सडकखण्ड साँघुरो हुँदा समस्या भैरहेको बताउँदै अब सडक निर्माण सम्पन्न भएपछि समस्याको समाधान हुने विश्वास व्यक्त गरे । सडक निर्माण तोकिएकै समयमा सम्पन्न गराउनका लागि नगरपालिकाको सक्दो सहयोग रहने उनले बताए । सडकसंग जोडिएका कसैले जग्गा रहेको भए यसमा नगरपालिका सहजिकरणका लागि तयार रहेको उनले जनाए । हुलाकी सडकको काम पनि सुचारु हुन लागेको भन्दै उनले खुसी व्यक्त गरे । यो सडक समयमै सम्पन्न हुन सके कृष्णनगरको सिधा सम्पर्क सदरमुकाम तौलिहवासंग हुने र व्यापार व्यवसायको दृष्टिले सडक फलदायी हुने बताए ।
कृष्णनगर ऐतिहासिक बजार रहेकोले यसको स्तरबृद्धिमा आफुहरु लागेको उनले जनाए । बजारभित्र दुई लेनको बाटो बन्ने क्रममा रहेको भन्दै अब सरसफाईको दृष्टिले पनि सहरलाई सफा, सुग्गर बनाउन नगरपालिका लागि पर्ने उनको भनाई छ ।
कृष्णनगर नगरपालिकाको नगर प्रमुख भएदेखि शाह कुनै विवादमा परेका छैनन् । कृष्णनगरमा घट्ने बेला–बेलाका घटनामा पनि शाह मौन बस्दै आएका छन । स्थानीय तहको निर्वाचनमा उपमेयर शवनम खातुनले चुनाव जितेका थिइन । तत्कालिन माओबादी केन्द्रबाट चुनाव जितेकी शवनमसंग मेयर शाहको अझैसम्म मनमुटाव भएको देखिदैन । सुरुताका केही विवाद रहेपनि पछि सबै समस्याको हल गरेको जनप्रतिनिधि बताउँछन । एकले अर्काको काम, कर्तव्य र अधिकारबारे राम्रोसंग बुझ्न सकेका थिएनौं सुरुताका केही समस्या आएको हो रजतप्रतापले मायादेवीसंग भने, “अहिले त्यस्तो विवाद केही छैन् मिलेर काम गरिरहेका छौं ।” कृष्णनगरमा बेला–बेला हिन्दु, मुस्लिमको नाममा घुसपौठ हुने गरेको छ । तर, कृष्णनगर नरपालिका भित्र सबै एकमन एकताका साथ अगाडी बढेको देखिन्छ ।
विकास निर्माणको काममा आफु जनताको बीचमै रहेको शाहले बताउँदै आएका छन । कृष्णनगर नगरपालिका र आफ्नो बदनाम गर्नका लागि विभिन्न आरोप लाग्ने गरेपनि ती सत्य नभएको शाह बताउँछन । शाह भन्छन्, ‘काम गर्दा शंका उब्जिनु स्वभाविक हो, राजनीतिमा यी कुरा सामान्य हुन, आफु सत्यको बाटोमा सधै हिड्नुपर्छ ।’ नगरको विकास फुटेर नभई जुटेर हुने भन्दै अनाश्वयक बखेडा झिकेर फोहोरी राजनीति नगर्न उनले विपक्षीसंग अनुरोध गरेका छन ।
भिडियो पनि हेर्नुहोस
https://www.youtube.com/watch?v=pmVM9drbr0Q






प्रतिक्रिया