५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तिनाउ मिसनले विद्यालयलाई बाड्यो सेनेटरी नेपकिन भेन्डिङ मेसिन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको कोपवामा अवस्थित तिनाउ मिसन डेभलपमेन्ट बैंकले एक कार्यक्रमका बीच विद्यालयलाई सेनेटरी नेपकिन भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । कोपवामा रहेको महेन्द्र मा.बि.लाई सो मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
समाजप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले विद्यालयलाई मेसिन वितरण गरिएको बैंकका प्रमूख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले बताउनुभयो ।
बैंकका बिभिन्न शाखाको नजिक रहेका सरकारी स्कूलहरुमा अध्ययनरत छात्राहरुको मासिक रक्तश्राव सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले यो कार्यक्रम राखिएको श्रेष्ठले जनाउनुभयो ।
साथै कार्यक्रममा विद्यालयमा अध्ययनरत दुई जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई बर्षभरीको मासिक शुल्क, किताब, कापी, तथा ड्रेस छात्रवृत्ति स्वरुप वितरण गरिएको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा महेन्द्र माविका प्रध्यानाध्यापक कामता प्रसाद चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थी, बैंकका कर्मचारी लगायतको उपस्थिती रहेको बैंकका कोपवा शाखाका कर्मचारी पुस्कर चुँदालीले बताउनुभयो ।

प्रकाशित मिति : २४ पुस २०७६ बिहिबार ००:००  ७ : ०५ बजे