२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार



मायादेवी अनलाइन ।
मुलुकमा तीन तहका सरकार छन् । यी सरकारले गर्ने आ आफ्ना कामहरु संविधानले तोकेको छ । यहाँ उल्लेख गर्न खोजिएको विषय स्थानीय सरकारका प्रमुख–अध्यक्षले के के गर्न पाउँछन भन्ने हो ।

यस्ता छन् नगर प्रमुख र गाउँपालिका अध्यक्षका काम, कर्तव्य

-सभा र कार्यपालिकाको बैठक बोलाउने र अध्यक्षता गर्ने

-सभा र कार्यपालिकाको बैठकको कार्यसूची पेस गर्ने गराउने

-गाउँपालिका वा नगरपालिकाको आवधिक वा वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेस गर्ने

-कार्यपालिकाको निर्णयबाट सभाको अधिवेशनको आह्वान र समापनको घोषणा गर्ने

-उपाध्यक्ष-उपप्रमुख वा सदस्यहरूलाई गाउँपालिका र नगरपालिकाको कार्य्विभाजन नियमावलीअनुरूपको विषयगत कार्य्जिम्मेवारी बाँडफाँड गर्ने

-निर्णय कार्यान्वयन गराउने तथा अनुगमन, मूल्यांकन र समीक्षा गर्ने

-कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने

-उपाध्यक्ष-उपप्रमुख तथा सदस्यलाई काजमा खटाउने

-गाउँपालिका वा नगरपालिकाको चल–अचल सम्पत्तिको हेरचाह गर्ने

-विकास कार्यक्रमको अनुगमन गर्ने, प्रभावकारी बनाउने

-गाउँपालिका वा नगरपालिकाको भूउपयोग नीति गुरुयोजना वा कानुनले तोकेबमोजिम पूर्वस्वीकृति नलिई कुनै व्यक्ति, संस्था वा कम्पनीले जग्गा प्लटिङ वा प्लानिङ गरेको पाइएमा कारबाही गर्ने

-प्रचलित कानुनबमोजिम प्रमाणित वा सिफारिस गर्ने

-गाउँपालिका वा नगरपालिकामा विषयगत विभाग, महाशाखा, शाखाको रेखदेख र नियन्त्रण गर्ने

-गाउँपालिका वा नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमको गुणस्तर कायम गर्ने

-अन्य स्थानीय तह, प्रदेश एवं संघीय तहसंग समन्वय गर्ने

-गुनासो सुनुवाइ गर्ने

-विपत् जोखिम व्यवस्थापन गर्ने

-गाउँपालिका वा नगरपालिकाले सम्पादन गरेका कार्यको मासिक प्रगति विवरण तयार गरि कार्यपालिकाको बैठकमा पेस गर्ने

-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र आपूर्ति हुने वस्तु वा सेवाको सहज आपूर्ति भए–नभएको यकिन गरी आपूर्ति व्यवस्था मिलाउने र नियमित बजार अनुगमनको व्यवस्था मिलाउने

-गाउँपालिका र नगरपालिका क्षेत्रभित्र कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका क्रियाकलापको नियमित अनुगमन र नियमन गर्ने

-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने कार्यको स्थानविशेषका आधारमा लागत कायम हुने गरी निर्माण सामग्री तथा ज्यालाको दररेट निर्धारण गर्ने

-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने

-सरकारी वा सार्वजनिक ऐलानी, पर्ती जमिनमा भएको अतिक्रमण हटाउने र त्यस्ता जमिनको संरक्षण गर्ने

-राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था र निजी क्षेत्रबीच आपसी समन्वय, सद्भाव र सामञ्जस्यता कायम गर्ने

-स्थानीय तहको सभा र कार्यपालिकाबाट भएका निर्णयहरू सार्वजनिक गर्ने–गराउने

-गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रभित्रका विषयमा संघ, प्रदेशबाट प्राप्त नमुना कानुनका आधारमा कानुन बनाई लागू गर्ने

-गाउँपालिका र नगरपालिका तहमा प्रतिस्पर्धा कायम गर्न जुनसुकै स्वरूपमा गरिने सिन्डिकेट, कार्टे्लिङ, कालोबजारीजस्ता कार्य हुन नदिने

-संघ, प्रदेशबाट प्राप्त कानुन, नीति–नियम, कार्य्विधि, आदिका आधारमा उपयुक्त नीतिगत एवं कानुनी व्यवस्था गरी कार्यान्वयन गर्न गराउन अग्रसरता र नेतृत्व लिने

-स्थानीय तहमा देखिने सांस्कृतिक तथा आर्थिक विचलन, सामाजिक कुरीतिजस्ता कार्य नियन्त्रण गर्ने

-गाउँपालिका वा नगरपालिकाको आफ्नो आन्तरिक आयस्रोत बढाउने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने

-गाउँपालिका वा नगरपालिकाको आफ्नो आन्तरिक आयस्रोत बढाउने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने

-गाउँपालिका वा नगरपालिका तहमा सुशासन कायम गर्न सदाचारसम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने

-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतको दिगो संरक्षण र उपयोग गर्ने

-चौमासिक प्रगति सार्वजनिक गर्ने तथा वर्षभरिमा सम्पादन गरिएका कामकारबाहीबारे वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गर्ने

-अध्यक्ष–प्रमुखले तीन दिनभन्दा बढी समयका लागि आफ्नो गाउँपालिका वा नगरपालिका क्षेत्र छाडी बाहिर जानुपर्दा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार सुम्पी जानुपर्नेछ।

-सभा वा कार्यपालिकाको तोकेको अन्य काम गर्ने

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ९ : ०९ बजे