७ असार २०८३, आइतबार | Mon Jun 22 2026

बागलुङमा जन्ती गएको ट्याक्टर दुर्घटना, तीनको मृत्यु



बागलुङ ।
तमाखोलामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिका–१ बोगां दोभानमा जन्ती गएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते चार जनाको स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  ६ : ११ बजे